Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

समाजवादी मोर्चा र राजावादीको प्रदर्शनलक्षित ओलीको टिप्पणी :  १०-१५ हजारको जुलुस  सधैँ निस्कँन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १३ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी मोर्चा र राजावादीहरूले भोलि काठमाडौंमा केके न हुन्छ भनेर चलाइएको भ्रमको पछि नलाग्न आग्रह गरेका छन्।

महिला उद्यमी मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै १०र१५ हजारको जुलुस नेपालमा सधैँ निस्कँदै आएको बताए।

उनले भने, ‘कोही अहिले अगाडि बढेको देशलाई पछाडि फर्काउने काम गर्न खोज्दैछन्, हुने होइन तर अविश्वास, आशङ्का, अन्योल, असुरक्षा भाव गराउँदैछन्। १० १५ हजारको जुलुस न नेपालमा निस्केका निस्कै छन् त।’

उनले भोलिको मोर्चा र राजावादीहरूको प्रदर्शनप्रति व्यङ्ग्य गर्दै तिललाई पहाड बनाउन खोजेको टिप्पणी गरे।

उनले थपे, ‘यहाँ केही हुँदै छ भनेर भ्रम फैलाइएको छ। केही हुँदै छ भोलि। एउटा भृकुटीमण्डपमा सभा निस्किएर सभा हुन्छ, अर्को कोटेश्वरमा सभा हुन्छ। यस्तो त सधैँ हुने नै हो। यति नै हो भोलि हुने पनि। यहाँ एउटा त्रास छ। केके न हुन्छ भनेर त्यस्तो केही हुँदैन। हामी यस्ता काममा वास्ता नगरेर देश विकासको काममा अघि बढ्छौँ।


प्रतिकृया दिनुहोस्