Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आफुलाइ बद्‌नियतपूर्ण हटाएको भन्दै सरकारविरुद्ध कुलमानको रिट दर्ता, पेसी भोलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १३ गते


Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले सरकारविरुद्ध रिट दायर गरेका छन्।

उनले बुधबार पेस गरेको रिट आज दर्ता भएको हो। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार उक्त रिटको पेसी भोलि शुक्रबार तोकिएको छ।

रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जामन्त्री दीपक खड्का, नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन्।

उनले रिटमा आफूलाई हटाउने निर्णय बद्‌नियतपूर्ण र गैरकानुनी दाबी गरेका छन्। सरकारको उक्त निर्णय कार्यान्वयनमा तत्काल रोक लगाइ आफूलाई काम गर्न दिन अन्तरिम आदेशको पनि उनले माग गरेका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेर शाक्यलाई नियुक्त गरेको थियो। कुलमानको यो दोस्रो काल हो। चार वर्षको कार्यकालमा चार महिना समय बाँकी थियो।

शाक्यले पदभार ग्रहण गरिसकेका छन्। शाक्य नियुक्त भएसँगै सञ्चालक समितिको बैठक बसिसकेको छ। यो बैठकले दुरगामी निर्णयसमेत गरिसकेको छ ।


प्रतिकृया दिनुहोस्