Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

द्वन्द्वपीडितलाई न्याय दिलाउन कांग्रेस सुरूदेखि नै प्रतिवद्ध छ : देउवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १३ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको छानबिनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन कांग्रेस सुरूदेखि नै प्रतिवद्ध रहिआएको बताएका छन् ।

विहीबार संक्रमणकालीन न्यायसम्बन्धी सम्मेलनमा उनले पीडितलाई न्याय दिने कुरामा कुनै दुई मत नरहेकाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताएका हुन्

देउवाले भने, ‘द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको छानविन मार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन नेपाली कांग्रेस सुरुदेखि नै प्रतिवद्ध रहिआएको छ ।’

संक्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्न सक्नुपर्नेमा उनले जोड दिए ।

देउवाले भने, ‘वर्तमान सरकार, राजनीतिक दलहरु पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट छौं । सरोकारावाला पक्षहरुसँग पनि छलफल र अन्तरक्रियाबाट सत्य निरुपण हुने नै हो । यस विषयमा विश्वास दिलाउन चाहन्छु । सत्य निरुपण तथा मेलमिलापका विषयमा सर्वोच्च अदालतले पनि मार्गदर्शक फैसला गरिसकेको छ । संक्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्न सक्नुपर्ने आवश्यक छ ।


प्रतिकृया दिनुहोस्