Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कुलमानबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने विपक्षीको अडान : प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १३ गते


Advertisement

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।

विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले रोस्ट्रममा उभिएर जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने अडान विपक्षी दलले लिएका छन्।

जसका कारण बुधबार पनि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक सुरु हुनासाथ विपक्षी दलले अवरुद्ध पारेका थिए।

कुलमान बर्खास्तबारे अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना प्राप्त नभएकाले आजका लागि बोलाइएका बैठक पनि विपक्षीले चल्न दिने सम्भावना देखिन्न।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १२स्१५ बजे सुरु गर्ने तालिका थियो।


प्रतिकृया दिनुहोस्