Hamro Sanchar

एउटै मञ्चमा देखिए ओली, देउवा र प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १३ गते


काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु एकै मञ्चमा सहभागी भएका छन् ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रममा एउटै मञ्चमा देखिएका हुन्

नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन उनीहरु सहभागी हुन् ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधि लगायत सहभागी छन् ।

समयको चाप रहेको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्ड भने आफ्नो मन्तव्य राखेर कार्यक्रमबाट बाहिरिसकेका छन् ।


प्रतिकृया दिनुहोस्