Hamro Sanchar

अर्घाखाँचीमा बस दुर्घटना : ४ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १२ गते


काठमाडौं। अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

आज अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

मृत्यु हुने तीन जना महिला र एकजना पुरूष रहेका छन् । उनीहरुको पहिचान खुल्न बाँकी छ । यस्तै दुर्घटनामा परी २७ जना घाइते भएका छन् । उनीहरूलाई बुटवलमा उपचारका लागि लगिएको छ ।


प्रतिकृया दिनुहोस्