Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपालाई प्रधानमन्त्रीको प्रश्न : हतियार उठाएर थाकेका माओवादीको पछि किन जानुपर्‍यो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १२ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रलाई उपद्रो मच्चाएर थाकेर बसेको शक्तिको संज्ञा दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थोत्रो प्रणाली बोकेर हिँड्ने शक्तिको संज्ञा दिए ।

‘ती हतियार उठाएर थाकेका क्रान्ति गर्छु भनेर अनेको उपद्रो मच्चाएर, कति मान्छे मारेर, मराएर विध्वंस मच्चाएर थाकेर, थकित तत्वहरूका पसिना पुछ्न किन जानुपर्‍यो,’ विपक्षी दलको बैठकमा सहभागी रास्वपालाई प्रश्न गर्दै ओलीले भने, ‘आफूलाई नयाँ शक्ति भन्छन् नि, ७० वर्षको बुढो भयो रे नेता, ८८ वर्षका खोज्न जान्छन् ।’

रास्वपालाई संकेत गर्दै ओलीले थोत्रो प्रणाली बोकेर आफूलाई नयाँ भन्ने गरेको टिप्पणी गरे । ‘सबभन्दा थोत्रो प्रणाली सामन्तवादी प्रणाली पुनर्स्थापित गर्छु भन्छन्, नयाँ भनेर उचाल्ने गर्छन्, नयाँ ?’

राजतन्त्रलाई थोत्रो र सामन्तीवादी प्रणाली भन्दै उनले नयाँ शक्ति भन्नेहरू मसिहातन्त्र ल्याउन हिँडेको टिप्पणी गरे ।

 


प्रतिकृया दिनुहोस्