Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

झापामा रिसाएर हिँडेका श्रेष्ठले चितवन पुगेर मागे माफी माग्दै भने :मनोवैज्ञानिक रुपमा अवरोध गरेपछि मन्तव्य रोकेँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १३ गते


Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको जागरण अभियानको उद्घाटन कार्यक्रममा आफूलाई बोल्न अवरोध गर्न खोजिएको बताएका छन्।

चितवनमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूले बोल्न सुरु गर्नेबित्तिकै अवरोध गर्न खोजिएको बताए।

‘मैले बोल्न सुरु गर्नेबित्तिकै मनोवैज्ञानिक रुपमा अवरोध उत्पन्न भयो। मलाई अलिकति बिझायो। त्यसपछि मैले थप बोलिनँ।’ उनले भने,‘यसलाई म सामान्य घटनाकै रुपमा लिन आग्रह गर्छु।’

श्रेष्ठले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरुले आफूलाई त्यसो नगरेको भए हुन्थ्यो भनेको स्मरण गर्दै सार्वजनिक रूपमा नै क्षमायाचना पनि गरे।

जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनका क्रममा मंचमा बोल्दै गर्दा उद्घोषक अगाडि उभिएपछि श्रेष्ठले मन्तव्य रोकेका थिए


प्रतिकृया दिनुहोस्