Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रतिनिधि सभा बैठक बस्दै : प्रधानमन्त्री ओलि र सांसदहरुबीच प्रश्नोत्तर हुँने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ४ गते


Advertisement

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच प्रश्नोत्तर हुँदैछ।

आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा अरु तीनवटा कार्यसूची पनि तय भएको संसद् सचिवालयले जनाएको छ।

बैठकमा प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने, गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विदेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र वातावरणमन्त्री ऐनबहादुर शाहीले पनि ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधन’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।

 


प्रतिकृया दिनुहोस्