काठमाडौं । चर्चित बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार गोवामा रहेका पाटेकरको निधन भएको हो।
उनलाई घरमै अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ।
पाटेकरको निधनको पुष्टि उनका छोरा मल्हार पाटेकरले बीबीसी मराठीकी सहयोगी पत्रकार प्राची प्रतिभा शिरीषसँग गरेका हुन्।
हिन्दी तथा मराठी चलचित्रमा प्रभावशाली अभिनयका लागि परिचित पाटेकरले लामो समयदेखि भारतीय फिल्म क्षेत्रमा योगदान दिँदै आएका थिए।






























