Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

११ वर्षपछि एमालेको बैठकमा विद्यादेवी भण्डारीको ‘कमब्याक’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २२ गते


Advertisement

२२ असाेज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि नेकपा (एमाले)को बैठकमा सहभागी भएकी छन्।

आज काठमाडौंमा बसेको एमाले स्थायी कमिटी बैठकमा उनी वरिष्ठ नेताका रूपमा सहभागी भएकी हुन्।

राष्ट्रपति निर्वाचित भएपछि एमालेको सदस्यता त्यागेकी भण्डारीको राष्ट्रपति पदावधि २०७९ फागुन २८ मा सकिएको थियो। त्यसपछि उनले एमालेको सदस्यता नवीकरण गरेकी थिइन्।

एमालेले पछिल्लो समय उनलाई वरिष्ठ नेता मनोनीत गरेपछि पार्टीका सबै कमिटी बैठकमा सहभागी हुने बाटो खुलेको हो। भण्डारी २०७२ कात्तिक ११ मा राष्ट्रपति निर्वाचित भएकी थिइन् र दुई कार्यकाल राष्ट्रपति बनेकी थिइन्।

यसअघि उनको सदस्यता नवीकरणलाई लिएर एमालेभित्र विवादसमेत भएको थियो। अहिले भने उनी वरिष्ठ नेताको हैसियतमा पार्टी बैठकमा सहभागी भएकी हुन्।


प्रतिकृया दिनुहोस्