Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाललाई अस्ट्रेलियाको राहत प्याकेज थपियो, १५ मिलियन डलर सहयोग घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २२ गते


Advertisement

काठमाडौं । अस्ट्रेलियाले बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेको छ।

मेलबर्नमा परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच भएको भेटवार्तामा वङले उक्त सहयोग घोषणा गरेकी हुन्।

यसअघि अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका लागि ११ मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, शिक्षा, व्यापार, लगानी तथा पर्यटनका विषयमा पनि छलफल भएको थियो।

नेपालमा अस्ट्रेलियाली विश्वविद्यालयको सम्भावित स्याटेलाइट क्याम्पस स्थापना र दुई देशबीच सिधा हवाई सम्पर्कबारे समेत कुराकानी भएको जनाइएको छ।

मन्त्री खनालले विपद्का बेला अस्ट्रेलियाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली र विपद् जोखिम न्यूनीकरणमा सहकार्य बढाउन आग्रह गरेका छन्।


प्रतिकृया दिनुहोस्