Skip

Hamro Sanchar

लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ३ गते


काठमाडौं । नेपाली शान्ति सैनिकमाथि बेरुतमा आक्रमण भएको छ । आक्रमणमा सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् ।

गएराति १२ बजे लेबनानको राजधानी बेरुतनजिक यूएआईएफआईएल मिसनका डेपुटी फोर्स कमान्डर उपरथी ढकाल सवार कन्भोयलाई प्रदर्शनकारीको भिडले रोकी तोडफोड गरेको थियो । तोडफोडका क्रममा ढकाल घाइते भएका थिए ।

ढकाललाई तत्कालै उद्धार गरी तत्काल अस्पताल लगिएको थियो । अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ । डेपुटी फोर्स कमान्डर ढकाल आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए ।

 


प्रतिकृया दिनुहोस्