Hamro Sanchar

मुख्यमन्त्री लामाले गरे कागेश्वरी मनोहराको नवनिर्मित भवनको निरीक्षण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २० गते


काठमाडौं, माघ २०- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिहं लामा (तामाङ)ले कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित भवनको निरीक्षण गरेका छन् ।

आइतबार मध्यान्ह मुख्यमन्त्री लामाले भवन निरीक्षण गरेका हुन् ।

सो क्रममा नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी र विकास निर्माणका कार्यहरुको जानकारी गराएका थिए ।

नगरपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, विकासका कार्यमा बागमती प्रदेश सरकारका तर्फबाट आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने मुख्यमन्त्री लामाले प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकाले व्यावसायिक प्रयोजनसहित आफ्नै ठूलो भवन निर्माण गरेको छ । कान्तिभैरव स्कुलको नाममा रहेको ७ रोपनी जग्गामा ५१ करोडभन्दा बढी रकम लगानीमा नगरपालिका सहितको व्यावसायिक भवन निर्माण भएको हो । अण्डरग्राउण्ड पार्किङसहित ७ तल्लाको भवन यसै महिनाको अन्तिम साताबाट संचालन हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस्