
काठमाडौं । संसदको हिउँदे अधिवेशन सुरु भएको छ ।
पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
यस्तै रास्वपाले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।
प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो । यसअघि सभामुख देवराज घिमिरेलाई भेटेर रास्वपा सभापति रवि लामिछानेले आफ्नो नलिम्बन फुकुवाको माग गरेका थिए ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि रास्वपाले सो विषय उठाएको थियो । उक्त विषयबारे ध्यानाकर्षण गर्दै सभामुख घिमिरेले निरन्तर संसद् अवरोध नगर्न आग्रह गरिरहेका छन् ।
तर, रास्वपा सांसदहरूले बैठक अवरोध गरिरहेका छन् । उनीहरूले बैठकको सुरुमै आफूहरूले धारणा राख्नुपर्ने माग राखिरहेका छन् ।