Hamro Sanchar

निलम्बन फुकुवाको माग गर्दै रविले सभामुख घिमिरेलाई बुझाए निवेदन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १८ गते


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् ।

लामिछानेले शुक्रबार सभामुख घिमिरेलाई सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटेर निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन् ।

लामिछानेले सभामुख घिमिरेलाई निवेदन दिँदै आफू फौजदारी कसुरको अनुसन्धान भई अदालतहरूबाट थुनामुक्त रहेकाले निलम्बन फुकुवा गर्न माग गरेका छन् ।

 

 


प्रतिकृया दिनुहोस्