Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सभामुख घिमिरे र रवि लामिछानेबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १८ गते


Advertisement

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निलम्बित सांसद रवि लामिछानेले भेटवार्ता गरेका छन्।

सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि निलम्बनमा परेका लामिछानेले आज शुक्रबार सिंहदरबार पुगेर सभामुख घिमिरेसँग भेट गरेका हुन्।

लामिछानेको पार्टीले निलम्बन गर्नै नपर्ने विषयमा निलम्बन गरेको दाबी गर्दै उक्त निलम्बन हटाउनुपर्ने माग राख्दै आइरहेको छ।

सोही विषयमा प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु हुनुअघि घिमिरे र लामिछानेबीच छलफल भएको हो।


प्रतिकृया दिनुहोस्