Hamro Sanchar

समाजवादी मोर्चाले चैत २४ गते काठमाडौँमा जनप्रदर्शन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १६ गते


काठमाडौं । समाजवादी मोर्चाले चैत २४ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ। बुधवार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले चैत्र पहिलो हप्ता मधेसमा जन प्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय समेत गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी गराए।

उनकाअनुसार समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय भएको छ।

त्यस्तै समाजवादी मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीहरुसलाई भित्र्याउन छलफल अघि बढाउने निर्णय भएको उनले बताए।बैठकले वर्तमान सरकार गणतन्त्रबिरोधी रुपमा देखिएको निस्कर्ष निकालेको छ।

त्यस्तै समाजवादी मोर्चालाई सुदृढ बनाउने, मधेस प्रदेशमा मोर्चामा सहभागी र देशभर मोर्चा गठन गर्न बाँकी भएका ठाउँमा नेपाल समाजवादी पार्टीलाई संलग्न गराउने निर्णय समेत मोर्चाले गरेको छ ।


प्रतिकृया दिनुहोस्