Hamro Sanchar

२०८१ को एसईई चैत ७ देखि (तालिकासहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १ गते


काठमाडौं । एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

 


प्रतिकृया दिनुहोस्