Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चिसो बढेपछि वीरगञ्जका विद्यालय ३ दिन बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २४ गते


Advertisement

पर्सा । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै बुधबारदेखि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ। महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो।

महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरी तीन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिए। ‘बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै तीन दिन वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगन गराइएको हो’, उनले भने।

त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्