Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शिक्षाविद् माथेमा भन्छन् : शिक्षकहरूलाई राजनीतिमा धकेल्नु हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २६ गते


Advertisement

काठमाडौँ । शिक्षाविद् प्राडा केदारभक्त माथेमाले शिक्षकहरूलाई राजनीतिमा धकेल्न नहुने बताएका छन्। संसदको शिक्षा समिति बैठकमा विज्ञहरूको तर्फबाट विद्यालय शिक्षा विधेयकमाथि सुझाव दिँदै माथेमाले शिक्षकलाई राजनीतिक मुक्त गराउनुपर्ने बताएका हुन। राजनीतिक दलमा आबद्धता त्याग्नुपर्ने उनको भनाइ छ।

तालिमप्राप्त शिक्षक हुँदाहुँदै सार्वजनिक विद्यालयको नतिजा कमजोर रहेको बताउँदै उनले त्यसका लागि नयाँ बन्ने ऐनमा विभिन्न विषयहरूलाई जोड दिनुपर्ने बताए।

बढ्दो राजनीतिका कारण शिक्षा क्षेत्र दिनप्रतिदिन धराशायी बन्दै गएको बताउँदै उनले त्यसका लागि शिक्षकलाई राजनीतिमा धकेल्न नहुने बताए ।

विगतमा शिक्षामा अपनत्व रहेको बताउँदै अहिले त्यो नभएको बताए। त्यस्तै विद्यालय व्यवस्थापन समिति प्रधानाध्यापकको कार्यकारी परिषद् भएकाले त्यसलाई स्थानीय स्तरमै हुनुपर्ने बताए।

भान्से मेरो घरप्रति जिम्मेवार हुनुपर्छ, न कि टाढाको छिमेकीप्रति। त्यसैले शिक्षालाई स्थानीय तहमा अधिकार दिनुपर्छ। विद्यालय व्यवस्थापन समिति हेडसरको कार्यकारी परिषद् हो, उनले भने।

जुन खालको शिक्षा हुनुपर्ने हो त्यो हुन नसकेको बताउँदै त्यसका लागि ऐन बलियो बनाउनुपर्ने बताए।


प्रतिकृया दिनुहोस्