Hamro Sanchar

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कति मा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २६ गते


Advertisement

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलाको १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएकोमा आज १ लाख ५४ हजार २ सय कायम भएको हो ।

बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलवार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो ।


प्रतिकृया दिनुहोस्