Skip

Hamro Sanchar

दुर्गा प्रसाईंसँग सीआईबीले लियो बयान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २४ गते


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।

फर्जी कागजात सार्वजनिक गरेको अभियोगमा अनुसन्धानका लागि साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंसँग सीआईबीले पनि बयान लिएको हो ।

सीआईबले भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलगायतलाई धम्क्याएको आरोपमा उनीसँग बयान लिएको हो ।

यही प्रकरणमा झापाका हरिचन्द्र फुयल पक्राउ परेका थिए भने यसबारे दुर्गाको संलग्नता खुलेपछि यसअघि नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

बयानका क्रममा फुयलले विश्नोईको नाममा विभिन्न ठाउँमा धम्क्याउन आफूले दुर्गाबाट ५ लाख लिएको स्वीकार गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । यसबारे केन्द्रित रहेर सीआईबीले प्रसाईंसँग पनि बयान लिएको बताइएको छ ।


प्रतिकृया दिनुहोस्