Hamro Sanchar

आज १६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १४ गते


काठमाडौं । आज सुनचाँदीकै मूल्य बढेको छ। बिहीबार घटेको सुनचाँदीकै मूल्य आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार प्रतितोला तीनसय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो।

आज सुनको मूल्य तोलाको एक लाख ५० हजार नौसय रुपैयाँ निर्धारण भएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ४९ हजार तीनसय रुपैयाँ थियो।

गएको सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय र मंगलबार दुई हजार ६ सय रुपैयाँ घटेको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ४५ रुपैयाँ निर्धारण भएको छ। हिजो चाँदी तोलाको एक हजार आठसय रुपैयाँ थियो।

सरकारले भन्सारदर घटाएपछि यो साता सुनचाँदीकै भाउमा उच्च गिरावट आएको छ।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।


प्रतिकृया दिनुहोस्