Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल शान्तिप्रक्रिया व्यवस्थापनको निर्णायक विन्दुको तयारीमा छ : मन्त्री राणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ११ गते


Advertisement

काठमाडौं । परराष्ट्रमन्त्रीआरजु राणा देउवाले नेपाल आन्तरिक द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको तयारीमा रहेको बताएकी छिन्।

राष्ट्रसंघीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठक मन्त्री राणाले नेपालको संघीय संसदले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक पारित गरेर पीडितमैत्री कानून बनाएको बताइन्।

‘अहिलेको विश्वमा शान्ति निर्माणको प्रक्रिया एक जटिल विषय बन्दै गएको छ, दिगो र समाजको स्थायित्वका लागि द्वन्द्वको वास्तविक कारण पहिचान हुनुपर्छ’, उनले भनिन्।

उनले आगामी वर्ष सन् २०२५ को शान्ति निर्माण प्रक्रियाको अवधारणा पुनर्मूल्यांन गरेर यसलाई दिगो र सक्षम तरिकाले अगाडि बढाउनुपर्ने बताइन्। मन्त्री राणाले शान्ति निर्माण कमिसनले रणनीतिक रुपमा सुरक्षा परिषद्, महासभा र इस्कोस जस्ता निकायसँग साझेदारी गरेर अगाडि बढनुपर्नेमा सुझाव दिइन्।

नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मस्थल भएको स्मरण गर्दै मन्त्री राणाले सकारात्मक सोच, व्यवहार र संस्कृतिको मूल्य मान्यताका आधारमा शान्ति पूर्ण र हिंसारहित समाज निर्माण ध्यान दिनुपर्नेमा जोड दिइन्।

फोरमले यो वर्ष सन् २०२५ का लागि शान्ति निर्माणको मार्गचित्रको पुनर्मूल्याङ्कन समृद्धि र प्राथमिकता भन्ने शीर्षकमा बैठक आयोजना गरेको थियो ।


प्रतिकृया दिनुहोस्