आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनपीएलको अक्सन लागि खेलाडीको नाम दर्ता खुल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ५ गते


Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लेनेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनका लागि खेलाडीको नाम दर्ता खुलाएको छ।

क्यानले आज एक विज्ञप्ती जारी गर्दै एनपीएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीहरुलाई नाम दर्ता गर्न आह्वान गरेको हो।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडीलाई ए, बी र सी गरी ३ श्रेणीमा विभाजन गरिने र खेलाडीले कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

नाम दर्ताका लागि असोज १२ गतेसम्मको समयसीमा क्यानले तोकेको छ। त्यस्तै दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ।

दसैंअघि नै खेलाडीको अक्सन हुने बताइएको छ। यसअघि क्यानले ८ मार्की खेलाडी घोषणा गरिसकेको छ। ती बाहेकका खेलाडीलाई अक्सनमार्फत छानिनेछ।

विदेशी खेलाडी भने टिमहरुले सम्झौता गरेर सिधै अनुबन्धन गर्न पाउने छन् ।


प्रतिकृया दिनुहोस्