Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रस्तावित प्रधानन्यायाधीशसहित दुई राजदूतविरुद्ध उजुरी आह्वान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ४ गते


Advertisement

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।

संसदीय सुनुवाइ समितिले आज सार्वजनिक सूचना जारी गर्दै राउतविरुद्ध उजुरी आह्वान गरेको हो। समितिले उनलाई प्रस्तावित पदमा नियुक्त गर्नु उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन सकिने जनाएको छ।

समितिका अनुसार संसदीय समितिको सचिवालय वा जुनसुकै जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी दिन सकिनेछ। यसैगरी समितिले प्रस्तावित दुई राजदूतविरुद्ध पनि उजुरी माग गरेको छ। बेल्जियमका लागि सिफारिस परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र अष्ट्रेलियाका लागि सिफारिस कांग्रेस नेतृ चित्रलेखा यादवविरुद्ध समितिले उजुरी मागेको हो।

यसअघि हिजो बसेको संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशमा प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम अनुमोदन गरेको थियो। तीमध्ये १२ जनाको सर्वसम्मत र ४ जनाको नाम बहुमतको आधारमा अनुमोदन गरिएको हो।

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको शैक्षिक प्रमाणपत्र पेश नभएको हुँदा उनको नाम अनुमोदनको निर्णय रोकिएको समितिले जनाएको छ।


प्रतिकृया दिनुहोस्