काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा रिसाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन्।
रास्वपाको संविधान मन्थन, व्यवस्थाको स्थायित्व र नागरिकको अपेक्षाबारे आयोजित कार्यक्रममा बोल्दै दुईतिहाइ शक्ति भएको सरकारमा पनि आत्मविश्वास नदेखिएको टिप्पणी गर्दै यस्तो दाबी गरेका हुन् ।
उनले भने, ‘दुई दितहाइको सरकार नै सबैभन्दा बढी अस्थिर छ। जनतामा आशा पलाउनुपर्ने हो, प्रधानमन्त्रीमा कन्फिडेन्ट आउनुपर्ने हो। मन्त्रीहरूमा चार्मिङ आउनुपर्ने हो। तर, खै देखिँदैन। यता टिसर्ट लगाएको मान्छे समातेको छ उता उपसभामुखलाई तान्नेकि त्यतातिर लागेको छ।’
दुईतिहाइ सरकारको कुनै प्राथमिकता नभएको भन्दै संविधान संशोधन गर्छु भनेर आफ्नो राजनीतिक सौदाबाजी गर्न नमिल्ने उनको तर्क छ ।