Hamro Sanchar

ओटावामा नेपाल-क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २ गते


Advertisement

काठमाडौं । नेपाल र क्यानडाबीच आज परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्ता हुँदैछ ।

असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुगेकी मन्त्री आरजु राणा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो ।

ओटावास्थित नेपाली राजदूतावासका अनुसार आजै परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीहरूसँगको बैठक तथा संविधान दिवसका अवसरमा दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।

क्यानडाका परराष्ट्रमन्त्री जोलीको मैत्रीपूर्ण निमन्त्रणामा उक्त बैठकमा भाग लिन राणा मंगलबार क्यानडा पुगेकी हुन् ।


प्रतिकृया दिनुहोस्