Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

संसद्ममा प्रधानमन्त्रीको प्रतिबद्धता : देशको शिर झुक्ने काम गर्दिनँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ३१ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर झुक्ने काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आफूले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने जाने विषयमा जानकारी गराउँदै उनले नेपालको इज्जत तल पर्ने गरी काम नगर्ने बताए ।

उनले भने, “म नेपालको शिर ढल्ने गरी, नेपालको इज्जत तल पर्ने गरी, नेपालको प्रभाव, प्रतिष्ठा केही पनि तल पर्ने गरी काम गर्दिनँ ।”

राष्ट्रसंघको महासभामा आफूले बोलेका विषय नेपाल फर्किएपछि संघीय संसद्का दुवै सदनलाई जानकारी गराउने उनले बताए ।

प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिन आउँदो असोज ४ गते अमेरिका जाँदै छन् ।


प्रतिकृया दिनुहोस्