Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बागलुङमा घर भत्काउदा च्यापिएर १ जनाको मृत्यु, ११ मजदुर घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २९ गते


Advertisement

बागलुङ । बागलुङमा घर भत्काई पुनः निर्माण गर्ने क्रममा गाह्रो भत्किँदा एक जनाको मृत्यु भएको छ ।

बागलुङ ढोरपाटन नगरपालिका –१बुर्तिबाङ बजारस्थित स्वामीचोकमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी विजय यादवका अनुसार पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम गरी रहेका घर धनी विक सहित अन्य ११ जना मजदुर घाइते भएका थिए।

विकको उचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको डीएसपी विजय यादवले जानकारी दिए ।

घाइते हुनेमा बागलुङका ३४ वर्षीय खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय इन्द्र रसाइली, ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ४० वर्षीया देविसरा विक, ३० वर्षीया किथमकुमारी विक, ३८ वर्षीय कीखममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक, ५१ वर्षीया टेकमाया रसाइली, रुपन्देहीका २६ वर्षीय शंकर पन्थी र काठमाडौं २४ वर्षीय सुगान्त पौडेल छन् ।

घाइतेलाई उद्धार गरी उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिवङ बागलुङ पठाइएको डीएसपी यादवले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्