Hamro Sanchar

प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव : संवैधानिक निकायका सबै रिक्त पदमा भोलि नै सिफारिस गरौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २७ गते


Advertisement

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायलाई चाँडै पूर्णता दिनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँ आज बालुवाटारमा भएको भेटमा प्रचण्डले सम्भव भएसम्म भोलि बस्नै संवैधानिक परिषद्को बैठकबाट पूर्णता दिनुपर्नेमा जोड दिएका हुन्।

ओली र देउवासँगको भेटमा संवैधानिक निकायमा सम्भव भए भोलि नै, नभए अर्को सहमति गरेर चाँडै सबै रिक्त पदलाई पूर्णता दिनुपर्ने बताएका प्रचण्ड सचिवालयले बताएकोे छ।

संवैधानिक परिषद्को बैठक भोलि बस्दै छ। भोलिको बैठकले रिक्तमा नियुक्तिको तयारी भइरहेको छ।

हिजो बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको थियो। संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् ।

भेटमा तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

यता, सत्ता गठबन्धनले परिषद्मा बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको छ । त्यसको विरोधमा माओवादीसहित विपक्ष दल उभिएका छन् ।

यस्तै, प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप-प्रत्यारोप चलिरहेको छ । यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको छ । त्यही दिन प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने तयारी पनि गरेका छन् ।


प्रतिकृया दिनुहोस्