Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

क्यानाडा पठाइदिन्छु भन्दै ८ जनाबाट १ करोड ६४ लाख असुल्ने युवक पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २६ गते


Advertisement

काठमाडौं । वैदेशिक रोजगारमा ईटली तथा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट एक करोड ७४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा डडेलधुराको नवदुर्गा गाउँपालिका-४ घर भइ हाल काठमाडौँ महानगरपालिका-२९ अनामनगर बस्ने ३४ वर्षीय कर्णसिंह साउद तथा रोल्पाको माडी गाउँपालिका-१ जवाड घर भइ हाल कलङ्की बस्ने २९ वर्षीय रणबहादुर घर्ती रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

‘साउदले ईटली पठाउने भन्दै आठ जनाबाट रु नौँ लाख तथा घर्तीले शिवराम थापासमेत आठ जनालाई क्यानडा पठाउने भन्दै पीडितहरूबाट पटकपटक गरी एक करोड ६५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,’ एसपी आचार्यले भने।

साउदलाई मंगलबार काठमाडौँ महानगरपालिका-२८ बागबजार तथा रणबहादुर घर्तीलाई सोमबार काठमाडौँ महानगरपालिका–१६ वनस्थलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


प्रतिकृया दिनुहोस्