Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सहकारी ठगी प्रकरणमा मुछिएपछि धनराजले भने : म माथि छानबिन होस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २५ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारीको बचत रकम अपचलनमा आफूलाई जोडेकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफ्नो पूर्व श्रीमतीसँग आफूलाई जोडेकोप्रति असन्तुष्टि जनाए।

उनले भने, कुनै व्यापार व्यवसायमा श्रीमान वा श्रीमती दुईमध्ये एकजना जोडिदा एकैठाउँमा राखेर हेर्ने हाम्रो प्रचलन छ। तर, त्यसकारण मलाई त्यसमा जोड्न खोज्नु अनौठो होइन। तर, भूतपूर्व श्रीमतीलाई त्यसरी जोड्ने कुरा व्यवाहारिक कानूनी र नैतिक दृष्टिले पनि मिल्दैन।

उनले आफूले ०७६ सालमै श्रीमतीसँग डिभोर्स गरिसकेको बताउँदै नक्कली कुरा गर्नेहरुले नक्कली डिभोर्स गरेको बताए। उनले आफ्नोबारेमा लागेको आरोपको सत्यतथ्य छानविन गरिदिन माग गरे ।


प्रतिकृया दिनुहोस्