Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौँमा महिलाको हत्या आरोपमा २ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २३ गते


Advertisement

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने वर्ष ४० को रामविनय महरा र सर्लाहीकै बसबरिया गाउँपालिका-५ घर भई हाल बसुन्धारा ३ बस्ने वर्ष २४ का सन्तोष राम महरालाई पक्राउ गरिएको हो।

उनीहरूलाई काठमाडौँ-३ बसुन्धारा क्षेत्रबाट भदौ २२ गते नियन्त्रणमा लिइएको प्रहरी परिसरले जानकारी दिएको छ।

हत्या गरिएकी महिला सिराहा घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने राम दुलारी हुन्। तर हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन्।

ती महिलाको शव सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार भेटिएको थियो। प्रहरीका अनुसार उनी मजदुरी गरेर गुजारा चलाउँथिन्।

हत्याको कारण खुल्न सकेको छैन। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्