Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हरितालिका तीजको अघिल्लो दिन आज दर खाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २० गते


Advertisement

काठमाडौं । हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला बिहीबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाने परम्परा छ।

भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ।

दर खाने दिन कुशे औँसीको पर्सिपल्ट पर्ने भए पनि यो वर्ष एक दिन पछाडि परको छ। पञ्चांगहरूले यो वर्ष कुशेऔँसीको भोलिपल्ट पनि औँसी तिथि रहेको उल्लेख गरेका छन्। त्यसैकारण औँसीको तेस्रो दिन बिहीबार दर खाने दिन परेको हो।

दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्। कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन्।

भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेषगरी दूधबाट बनेका खिर, ढकनेका साथै चाम्रे, सेलपुरी, पुआ र गुँदपाकका साथै फलफूल खाने चलन छ। यस्तै मौसमी तरकारी(अचार बनाएर पनि खाने चलन छ।

दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्।

अचेल एकडेढ महिनादेखि पार्टी प्यालेसमा भोज गर्ने र दरका नाममा तामसिक पदार्थ खाने चलन बढेको भन्दै संस्कृतिविद् चिन्ता व्यक्त गर्छन्।


प्रतिकृया दिनुहोस्