Skip

Hamro Sanchar

लक्ष्मीनारायण सहकारीका कर्मचारीलाई एकदिवसीय तालिम प्रदान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १७ गते


काठमाडौं, भदौ १७- लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई एकदिवसीय तालिम प्रदान गरिएको छ । संस्थाका कर्मचारीहरुको सदस्यसँग व्यवहार शिर्षकमा तालिम प्रदान गरिएको हो ।

कर्मचारीहरुलाई एक दिने सहकारी क्षमता अभिवृद्धि तालिम दिइएको हो ।

उक्त तालिम पुर्व नेफ्स्कुन संचालक तथा मोरङ जिल्ला बचत संघकी सल्लाहकार गोमा नेपाल सापकोटाले दिएकी हुन् ।

कार्यक्रममा सहकारीको परिचय, सहकारी इतिहास तथा अन्य व्यवसायमा भएको फरकता लगायत संचालक, व्यवस्थापन र सदस्यहरु बीचको अन्तर सम्बन्ध बारे प्रशिक्षण दिइएको हो । तालिममा शेयर, बचत, ऋण, पल्र्स व्यवस्थापन लगायत आधारभूत वित्तीय विश्लेषण तथा व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिइएको थियो ।

यो पनि पढ्नुहोस्- लक्ष्मीनारायण सहकारीद्धारा ‘सुत्केरी भेटघाट तथा नवजात शिशु स्वागत कार्यक्रम’ संचालन


प्रतिकृया दिनुहोस्