काठमाडौं । नेपाल प्रहरीका एकजना डीआईजीसहित करिब ९० जना प्रहरी अधिकारीकाले एकसाथ अवकाश पाएका छन्।
वाग्मती प्रदेशका प्रमुख डीआईजी विष्णु केसीसहित ११ जना एसएसपीहरु दिनेशराज मैनाली, दिल्लीराज विष्ट, रेवती ढकाल, बेलबहादुर पाण्डे, रवि पौडेल, जीवनकुमार श्रेष्ठले अवकाश पाएका हुन् ।
त्यस्तै किसन सिंह थापा, नविन राई, रवीन्द्र रेग्मी, विरबहादुर वली र चन्द्रदेव राईले पनि अवकाश पाएका छन् । त्यस्तै एसपीहरुमा कृष्ण प्रसाईं अवदेश विष्ट, हिराबहादुर पाण्डेले अवकाश पाएका छन् ।
उनीहरुबाहेक डीएसपी र प्रहरी निरीक्षकहरुले पनि एकैसाथ अवकाश पाएका हुन् । उनीहरु सबै २०५१ भदौ १६ मा सहायक प्रहरी निरीक्षकमा भर्ना भएका थिए । प्रहरीको ३० वर्षे सेवा हदका कारण उनीहरुले अवकाश पाएका हुन् ।
अवकाश पाउनुअघि ३० वर्षे सेवाहका कारण आफूहरु अवकाश पाउन नहुने भन्दै एसएसपी जीवन कुमार श्रेष्ठको नेतृत्वमा सर्वोच्च समेत पुगेका थिए । सर्वोच्चका न्यायाधीस हरि फुयालको इजालले भदौ ६ मा उनीहरुको अवकाश रोक्न अन्तरिम आदेश दिएको थियो ।
तर, शुक्रबार न्यायधीस विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले अन्तरिक आदेश खारेज गरेसँगै उनीहरुको अवकाश पाएका हुन् ।