चितवन । भरतपुर महानगरपालिका-१ आँपटारीमा आज बिहान रुख ढल्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ ।
सडकमा ढलेको रुख हटाइएपछि बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डमै आज बिहान बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका-२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् ।
मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो ।