
जुम्ला । जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन् ।
तातोपानी गाउँपालिका–४, लामाचौर पाटनमा शनिबार दिउँसो ३ बजेतिर चट्याङ पर्दा १५ भेडा मरेका वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।
गएको साउन १५ गते तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब १०० भेडा मरेका थिए।
यसअघि, जुम्लाको कनकासुन्दरी, तिला र गुठीचौरका पाटनमा पनि चट्याङ लागेर २०० भन्दा बढी भेडा मरेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ ।

















