Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १४ गते


Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान बस्ने भएको छ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९ः३० बजे बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिए। उनका अनुसार ३४ वर्षमा यो बैठक पहिलोपटक गर्न लागिएको हो।

‘बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले धारणा राख्नेछन्’, उनले भने, ‘पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको हो।’

संक्षिप्त उद्घाटन सत्रपछि बैठकमा सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाले कार्यपत्र पेश गर्ने कार्यक्रम तय भएको छ। प्रस्तुत कार्यपत्रमाथि बैठकमा सहभागी सल्लाहकार समितिका सदस्यहरूले छलफलमा भाग लिनेछन्।

​बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी र नेताहरूको पनि सहभागिता रहने प्रवक्ता श्रेष्ठले बताए।


प्रतिकृया दिनुहोस्