Hamro Sanchar

योगेशले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरेको माओवादी सांसदको आरोप

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १३ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (भोटे)ले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै आफैं हिंसा गर्ने नाइकेले जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी भएको टिप्पणी गरेका छन् ।

हिजो प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा भट्टराईले माओेवादीको १० वर्षे हिंसा भनेपछि सदनमा आरोप-प्रत्यारोप चलेको थियो ।

सांसद लामा बौद्ध गुम्बाका मूर्ति चोरी तस्करीको अभियोगमा जेल सजाय काटेका व्यक्ति हुन् ।


प्रतिकृया दिनुहोस्