Hamro Sanchar

प्रचण्डप्रति रघुजीको आक्रोश : प्रधानमन्त्री पद गएको औडाह र छटपछि यति छिटै किन देखाउनुहुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ११ गते


Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न माओवादी केन्द्रले राखेको प्रस्तावलाई नेकपा एमालेले प्रतिवाद गरेको छ।

आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखा समितिमात्रै नभइ प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न सत्तारुढ दललाई आग्रह गरेका थिए।

प्रचण्डको सम्बोधनपछि विशेष समयमा बोलेका एमाले नेता रघुजी पन्तले भने संविधान पढ्न आग्रह गरेका थिए । उनले प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक पद भएकाले कसैले खोजेर नपाइने पद भएको जिकिर गरेका थिए । ।

त्यसपछि उनी माओवादी केन्द्रमा पछिल्लो समय भइरहेको नेतृत्व परिवर्तनको बसहलाई इंकित गर्दै उपमहासचिव जनार्दन शर्मालाई नै त्यो पद दिन आग्रह गरेका थिए ।

‘दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्रो ठूलो दल प्रमुख प्रतिपक्षीमा स्वतः हुने भएपछि त्यो पार्टीलाई दिइएको हो। मन लाग्दैन भने, तपाईंकै छेउमा जनार्दनजी बस्नुभएको छ। दिनुहोस् न उहाँलाई। चाहिएन हामीलाई। किनभने हामीले लिनुपर्ने पद पनि होइन। आफ्नै दलको कुनै नेतालाई दिनुस्,’ पन्तले भने।

उनले प्रधानमन्त्री पद गएपछि प्रचण्डमा छटपटि बढेको टिप्पणी गरे।

‘यति ज्ञान त हुनुप¥यो नि। प्रमुख प्रतिपक्षीको नेता हुने, अनि यो पद पनि लैजाउ भने। किन प्रधानमन्त्री पद गएको यति औडाह र छटपछि यति छिटै देखाउनुपरेकोरु


प्रतिकृया दिनुहोस्