Skip

Hamro Sanchar

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ९ गते


काठमाडौं । सुनको मूल्य आज फ़ेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १ हजार रुपैयाँले बढेको हो।

योसँगै आज सुन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। चाँदी आज १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस २ हजार ५१२ र चाँदी २९।८३ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।


प्रतिकृया दिनुहोस्