काठमाडौं । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयुक्त डा .जानकीकुमारी तुलाधरले अहिलेसम्म देशका कुनैपनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै ठाउँमा सञ्चालन भइरहेको जानकारी दिएकी हुन्। मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आयुक्त डा। तुलाधरले आम मतदाताहरू...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्ना लागि दुई संयोगको दिन भएको बताएका छन् । आज फेसबुकमार्फत ओलीले दुई संयोगकै कारण आफूले फागुन २१ कहिल्यै बिर्सन नसक्ने पनि बताएका छन् । ‘आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो,’ ओलीले लेखेका छन्, ‘आज सुखानी शहीद दिवस...
चितवन ।चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेकपा बहुमतका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-१० मा रहेको नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। धादिङ गल्छी गाउँपालिका-१ घर भई हाल चितवन भरतपुर महानगर-७ बस्ने नेकपा बहुमतका सेक्रेटरी सुमन...