Hamro Sanchar

नालीमा डुबेको भैँसी बचाउन जाँदा भारतमा ४ दाजुभाइको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ६ गते


Advertisement

काठमाडौं । भारतको राजस्थानस्थित टोंक जिल्लामा नालीमा डुबेर चार दाजुभाइको मृत्यु भएको छ ।

नालीमा फसेको भैँसीलाई जोगाउन खोज्दा उनीहरूको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । चारै दाजुभाइ १० कक्षामा पढ्थे र पौडी जान्दैनथे ।

आज तकको रिपोर्ट अनुसार घटना टोंकको खुर्द गाउँमा भएको हो । जहाँ चार दाजुभाइले नाला नजिक भैंसी लिएर गएका थिए । चारै जनाको लुगा र चप्पल सडकको छेउमा फेला परेपछि गाउँलेलाई घटना थाहा भएको थियो ।

घटनाको जानकारी पाउनासाथ परिवारका सदस्य र ठूलो संख्यामा स्थानीयवासी घटनास्थलमा पुगेका थिए ।

घटनास्थलमा पुगेका मानिसहरूले भैंसीलाई बचाउन चार दाजुभाइमध्ये एकजना पानीमा पसेको हुनसक्ने अनुमान गरेका छन् । उनलाई डुबेको देखेर अरु दाजुभाइ पनि पानीमा हाम फालेको हुनसक्ने उनीहरूको अनुमान छ ।

तर, पानीको गहिराइका कारण कोही पनि बाहिर निस्कन नसकेर एक एक गरी सबै डुबेको समाचारमा उल्लेख छ ।

डुबेर मृत्यु हुने चार दाजुभाइमध्ये हंसराज र दिलखुश शेओराज नाम गरेका व्यक्तिका छोरा थिए । विजय र विकास राधाकिशन बैरवाका छोरा थिए

पीडित परिवारका आश्रितलाई सरकारी जागिर दिन परिवारका सदस्यले माग गरेका छन्।


प्रतिकृया दिनुहोस्