Skip

Hamro Sanchar

डोनाल्ड ट्रम्प इलोन मस्कलाई सल्लाहकार बनाउन चाहन्छन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ४ गते


काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक इलोन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन्।

समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा ट्रम्पलाई सोधिएको थियो– मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को पद दिनेबारे विचार गर्नुहुन्छ?

जवाफमा ट्रम्पले निश्चय पनि आफूले त्यसो गर्ने बताए।

उनले भने, ‘मस्क निकै बुद्धिमान व्यक्ति हुन्। यदि उहाँले चाहनुभयो भने यो पक्कै हुनेछ।’

टेस्ला र स्पेसएक्सका मालिक मस्कले डोनाल्ड ट्रम्पसँग हालै सोसल मिडिया प्लेटफर्म एक्समा अन्तर्वार्ता लिएका थिए।

सो क्रममा उनले डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसलगायत धेरै विषयमा कुरा गरेका थिए।


प्रतिकृया दिनुहोस्