Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्रीको सुझाव : २०-३० वर्षमा बिहे गर्नुस्, बच्चाबच्ची पाइहाल्नुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २९ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० देखि ३० वर्षको उमेरमा विवाह गर्न सुझाव दिएका छन्।

नेपाल युवा सम्मेलनमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा जनसंख्या घट्दो क्रममा रहेको बताए। देश ज्येष्ठ नागरिकको मात्र हुने खतरा बढेको उनको भनाइ छ।

‘गीत गाउँछन् ४० कटेसी रमाउँला भनेर, उमेर छन्जेल विदेशमा बसेपछि जनसंख्या झन् घट्ने भो।’ ओलीले भने, ‘मेरो एउटा सुझाव छ, २०-३० वर्षमा बिहे गर्नुस् छिट्टै बच्चाबच्ची पाइहाल्नुस्। त्यसो गरेपछि काममा लागे पनि भयो, विदेश गए पनि भयो, छोराछोरी हुर्कँदै गर्छन्।’

हाम्रो देशको आवश्यक्ता र जनसंख्याको निरन्तरका लागि पनि युवाहरूले ध्यान दिनुपर्ने ओलीको भनाइ छ।

फ्युचर जेनेरेशनको कुरा गर्ने अनि फ्युचर भनेको पैसा हो ? ओलीले प्रश्न गरे, फ्युचर भनेको पैसा हो? पैसाले फ्युचर बन्छरु फ्युचरका लागि त बालबच्चा चाहियो होला नि।’विदआउट चिल्ड्रेन कसरी फ्युचर हुन्छ ।

जनसांख्यिक असन्तुलन भयो भने देश भोलि गएर ज्येष्ठ नागरिकको मात्र देश बन्ने खतरा रहेको उनले बताए।

त्यसो हुँदा परिवारमा कमाउने २ जना र पाल्नुपर्ने ८ जनासम्म हुने भन्दै यस तर्फ ख्याल पुर्याउन ओलीले आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्