
काठमाडौ। ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आज बिहान ८ बजे ललितपुर महानगरपालिका–१ को वडा कार्यालयनजिक बागमती किनारमा अन्दाजी ४०र४२ वर्षका पुरुषको शव भेटिएको हो।
अहिलेसम्म शवको पहिचान खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।