Skip

Hamro Sanchar

अमेरिका उडे प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ६ गते


Advertisement

६ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन्।

मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्।

उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका पुग्नेछन्। प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किनेछन् ।


प्रतिकृया दिनुहोस्